Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभा हेटौंडामा

१६ शुक्रबार , चैत्र २०८०२ बर्ष अगाडि

निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभा हेटौंडामा

नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा हेटौंडामा शुरु हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयारी रहेको उक्त वार्षिक साधारणसभा शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने बताईएको छ ।

निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभामा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, शहरी विकास मन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायतले सम्बोधन गर्ने कार्यत्रम रहेको महासंघले जनाएको छ ।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने साधारणसभामा ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ८ सय जना सहभागी हुने जानकारी दिइएको छ ।

२५ औं वार्षिक साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ भने कार्यक्रमस्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने छ । साधारणसभामा करिब १ करोड १० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।