Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

हाजिर गरी कार्यालय समयमा बाहिर गएका २० कर्मचारीलाई स्पष्टीकरण

१६ शुक्रबार , चैत्र २०८०२ बर्ष अगाडि

हाजिर गरी कार्यालय समयमा बाहिर गएका २० कर्मचारीलाई स्पष्टीकरण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत २० जना कर्मचारी हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा स्पष्टीकरण सोधिएको छ । चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएकाले स्पष्टीकरण सोधिएको हो ।

चैत १४ गते हाजिर गरी बिना जानकारी कार्यालयबाट मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाका २० कर्मचारी बाहिर गएको पाइएको जनाइएको छ ।  शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयको प्रशासन शाखाबाट आन्तरिक छड्के गरिएको थियो ।

आन्तरिक छड्केमा कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कारबाही हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयमा यस किसिमका अनुगमन तथा छड्के निरन्तररूपमा हुने र कार्यालय समयमा बिनाजानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी माथि कानुनबमोजिम कारबाही हुने समेत जनाइएको छ ।