Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिविले बनायो उच्चस्तरीय छानबिन समिति

१६ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

त्रिविले बनायो उच्चस्तरीय छानबिन समिति

उत्तर पुस्तिका हराएको विषयमा त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । त्रिविले पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

हिजो बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले पुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयका अनुसार समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बताईएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले  गत वैशाख २०८० मा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न.४१२) का उत्तर पुस्तिकाहरू हराएको थियो ।

उक्त हराएको उत्तर पुस्तिका बारे सञ्चार माध्यमहरूमा प्रकाशित समाचार,जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिवि को गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त विषयको चैत २१ गते पुनः परीक्षा हुन लागेको छ । साथै, उत्तर पुस्तिका के-कसरी हराएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न छानबिन समितिलाई समय दिईएको छ ।