Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

‘सापटी काका’

१६ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

‘सापटी काका’

नरेन्द्र रौले –   – ‘मेरी बास्सै’ टेलिशृंखलामा बिगत ८ वर्षदेखी आवद्ध छन्, दिवाकर भण्डारी ‘सापटी काका’, ४६ । उनले निर्देशन, लेखन तथा अभिनय गर्न थालेको झण्डै दुई दशक नै नाघिसक्यो । ८४० भाग प्रशारण भएको ‘मेरी बास्सै’ टेलिशृंखला २०६१ सालदेखी प्रशारण हुन थालेको हो । यस टेलिशृंखलामा उनी २०७२ सालदेखी आवद्ध भए । उनले यसै टेलिशृंखलाबाट आफ्नो पहिचान बनाए ।

वास्तविक नाम दिवाकर भण्डारी भएपनि आम दर्शकहरुले उनलाई ‘सापटी काका’ नामले चिन्छन् । यसअघि उनले जिरे खुर्सानी, खासखुस, ल खत्तम, माफ पाम् लगायतका चर्चित टेलिसिरियलमा अभिनय गरिसकेका छन् । ल खत्तम, माफ पाम सिरियलमा भने उनले लेखन, निर्देशन र अभिनय गर्थे । तर, यि सबै टेलिसिरियमध्ये ‘मेरी बास्सै’ ले दिवाकरलाई ‘सापटी काका’ कलाकारका रुपमा स्थापित गरायो । यतिबेला उनले आफ्नो घर परिवारको खर्च, आफ्नो व्यक्तिगत खर्च, सन्तानहरुलाई स्कुलमा पढाउने खर्च यसै टेलिसिरियबाट पाउने पारिश्रमिकले धानिरहेका छन् ।

०६७ सालतिर पोखराको गण्डकी टिभीबाट ‘खिचडी’ भन्ने टेलिफिल्म प्रशारण हुन्थ्यो । त्यो पात्रले लगाउने पहिरन माग्ने दाईको जस्तो बनाउनु पर्ने हुन्थ्यो । टेलिफिल्मका लागि अभिनय गर्ने क्रममा उनले आफ्नो नाम आफैले जुराए । त्यसको स्क्रीप्ट आफै लेख्ने, आफैले अभिनय गर्ने गर्थे । त्यहींबाट उनको नाम ‘सापटी काका’ रहन गयो ।

‘सापटी काका’ लाई कलाकारिताको यति मोह छ कि उनले पोखरामा आफ्नो नाममा रहेको घडेरी बेचेर फिल्म बनाए । उनको निर्देशन र लगानीमा बनेको मेरी गंगा फिल्ममा समित केसी, सञ्जु डंगोल, रेखा पुरी, राजेन्द्र नेपाली ‘लट्टे’ लगायतका कलाकारले अभिनय गरेका थिए । उनले राजेश हमाल र मिथिला शर्मालाई आफ्नो आइडियल मान्छन् ।  

२०६७ मा १६ लाख रुपैंया“मा उनले जग्गा बेचे । बा“की ६ लाख रुपैंया“ थपेर २२ लाख रुपैंया“को लगानीमा बनाएको मेरी गंगा फिल्मले नाफा कमाउ“न सकेन । आर्थिक हिसाबले त्यो डुब्यो । ‘अहिले त्यही जग्गा ३ करोड रुपैंया“ पर्छ ।’ उनी भन्छन्, ‘कलाकारितामा नशा लागेर सर । लहलहैमा गरें त्यो बेला । सबै कुरा जानेको, बुझेको थिएन ।’ उनको औपचारिक पढाई एसएलसीसम्म मात्र हो । २०५३ मा एसएलसी पास गरेपछि थप अध्ययन गर्न उनीस“ग पैसा नै भएन । ०४६ सालमै बुबा गुमाएका सापटी काकाकी ७७ वर्षे आमा यतिखेर कोमामा छिन् । कलाकारितामा लागेर यहा“सम्म पुग्नुमा आमाकै देन ठान्छन् उनी ।  

समाजसेवामा सक्रिय

सापटि काकाले  ५ जना अनाथ विद्यार्थीहरुलाई आफ्नो आर्थिक सहयोगमा पढाईरहेका छन् । कास्कीका बिभिन्न तीन वटा स्कुलमा उनले वालवालिकाहरुलाई पढाईरहेका छन् । उनले स्कुल फि तिर्नुका साथै वालवालिकाहरुलाई आवश्यक लत्ता कपडा, स्टेशनरी सामान, स्कुल डे«स लगायतका सहयोग गर्दै आएका छन् । बिगत ५ वर्ष यता भूकम्प प्रभाबितका सन्तान, बाआमा सुस्त मनस्थीतिका सन्तान, गरिब तथा जेहेन्दार, दलितलाई उनले पढाएका छन् । आफूले एसएलसीपछि पढ्न नपाउ“दाका पीडा उनले राम्ररी बुझेका छन् । स्कुल पढ्दा पेटभरी खान पाइदैनथ्यो । आर्थिक अभाबले उच्च शिक्षा हासिल गर्न पाईएन । यही पीडालाई बुझेर उनले अभाबमा रहेका वालवालिकाहरुलाई सहयोग गर्न खोजेका हुन् ।

सापटी काकाले हालसम्म मेरी गंगा, चिनो, कन्यादान, राज, किड्न्याप, नबोले नि  हा“सिदेउ, ना“इ नभन्नु ल २, टु आवर इन् माइ लाइफ, रुम नम्बर १३, छेस्को लगायतका चलचित्रमा उनले अभिनय गरिसकेका छन् । सडक नाटक, गिती नाटक, एकांकी नाटक, पूर्णांकी नाटकमा बिभिन्न भूमिकामा अभिनय गरिसकेका छन् ।

टेलिफिल्मको पहिलो कमाइ

वि.सं. ०५२ सालमा ‘धून’ नामक टेलिफिल्मबाट सापटी काकाको कलाकारिता यात्रा सूरु भएका थियो । यो टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रशारण हुन्थ्यो । यसबाट पारिश्रमिकबापत उनले १ सय रुपैंया“ पाएका थिए । उनले ८५ रुपैंया“मा आमालाई लुगा किने । १० रुपैंया“ले बिन्ध्यबासिनी हलमा निरमाया फिल्म हेरे । बा“की ५ रुपैंया“ घर जा“दाखेरी बस भाडा तिरे ।

पोखराको बिग एफएममा १२ वर्ष काम गरेका सापटी काकाले रिर्पोटिङ र कार्यक्रम सञ्चालकका रुपमा लामो समय काम गरे । पोखरामा दिवाकर भण्डारी ‘सापटी काका’ भनेपछि नचिन्ने कोही थिएन । उनका दुई वटा कार्यक्रम डामाडोल र बिग हल्ला श्रोताहरुमाझ निकै चर्चित थिए । एक घण्टाको कार्यक्रममा २६ मिनेट त विज्ञापन नै बज्ने गथ्र्यो । सिंगो एफएम नै यिनै दुई वटा कार्यक्रमले धानेको थियो । त्यो बेला कार्यक्रम चलाउ“दाका फ्यानहरु उनी अहिले पनि भेटिरहन्छन् ।

सापटि काकालाई कलेज पढ्न नपाएकोमा पछुतो लाग्छ । पढ्न चाह“दा चाह“दै पनि आर्थिक अवस्थाले गर्दा पाईएनन् । उनका छोरा संगम ३ कक्षा र छोरी शिवानी ५ कक्षामा पढिरहेका छन् । १२ कक्षासम्म आफ्ना सन्तानलाई पढाएपछि उनी स्वतन्त्र छोड्न चाहन्छन् । आफूले पढ्न चाहेको विषय रोजुन्, आफूले रोजेको पेशा रोजुन् भन्ने लाग्छ ।

सापटि काका चलचित्र यही क्ष्ँेत्रमा आफ्नो भावि जीवन बिताउ“न चाहन्छन् । उनी क्यामेराका अगाडी निर्देशन गर्दागर्दै, काम गर्दागर्दै मर्न चाहन्छु । धेरै ठूला सपना छैनन् ।