Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

क्रिकेटर लामिछानेको पुनरावलोकनको सुनुवाइ चैत २३ गते

१६ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

क्रिकेटर लामिछानेको पुनरावलोकनको सुनुवाइ चैत २३ गते

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दिएको निवेदनको आधारमा पहिलो सुनुवाइको मिति तोकिएको छ । उच्च अदालत पाटनले पहिलो सुनुवाइका लागि चैत २३ गतेलाई मिति तोकेको हो ।  

जिल्ला अदालत काठमाडौँको फैसलाको पुनरावलोकनका लागि बलात्कार आरोपित लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उक्त निवेदनको पहिलो सुनुवाइ चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिएका छन् ।

पुनरावलोकनका लागि दुवै पक्षले निवेदन दिएकाले चैत २३ मा सुनुवाई हुने भएको हो । बलात्कार आरोपित लामिछानेसंगै सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम हुने र त्यसपछि दुवै निवेदनलाई सँगै राखेर निरन्तर सुनुवाइ हुने उच्च अदालतले जनाएको छ ।

गत वर्ष क्रिकेटर सन्दीपलाई ‘गौशाला २६’ ले बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । ‘गौशाला २६’ ले बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएपछी उक्त फैसलाको चित्त नबुझेपछि लामिछाने पुनरावलोकनका उच्च अदालत पाटन गएका हुन् ।