Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

१५ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

जङ्गली हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् । जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको मृत्यु भएको र उनको श्रीमान घाइते भएका हुन् ।

उनीहरुलाई शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिएका छन् । बुधबार साँझ वन क्षेत्रमा घाँस दाउराका लागि गएको बेला हात्तीले आक्रमण गरेको बताईएको छ ।

स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको र उनका श्रीमान ६२ वर्षीय दिलीप भेटुवाललाई घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि विर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पुर्‍याएको थियो । घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको बताईएको छ ।

गएको साउनदेखि हालसम्म झापा जिल्लामा हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गएको छ । जङ्गली हात्तीले बेलाबेलामा मानिसको बस्तीमा पसेर घर भत्काउने,खेतीपाती खाने बिगार्ने गर्दै आएकाले मानिसहरुमा त्रास फैलिएको छ ।