Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

झरी परेसँगै काठमाडौँमा तरकारीको भाउ बढ्यो

१५ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

झरी परेसँगै काठमाडौँमा तरकारीको भाउ बढ्यो

अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको कारण काठमाडौँ लगायत मुलुकका बिभिन्न स्थानमा सामान्य देखि हल्का वर्षा भएको छ । मौसम बदलिसंगै परेको झरीको कारण दैनिक उपभोग्य तरकारी एवम फलफूलको मूल्य बढेको छ ।

झरी परेसँगै काठमाडौँमा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार आज आलु,साग,गोलभेडालगायतका तरकारीको मूल्य बढेको छ । यसअघि प्रतिकेजी ४३ रुपैयाँ ८० पैसा पर्ने रातो आलुको भाउ बढेर आज ४५ रुपैयाँ पुगेको छ भने टनेल गोलभेडा प्रतिकेजी १० रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको बताईएको छ ।

आहा हरियो सागहरुमा रायोको साग प्रतिकेजी ४३ रुपैयाँ ३३ पैसा तोकिएकोमा आज बढेर ४६ रुपैयाँ ६७ पैसा र बकूला ५५ रुपैयाँबाट बढेर ५६ रुपैयाँ ६७ पैसा पुगेको छ । त्यसैगरी सौफ, पालूगो, चमसुर र मेथीको सागको भाउ भने घटेको छ । यसअघि प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा तोकिएको यी सागहरूलाई आज ८६ रुपैयाँ ६७ पैसा भएको छ ।