Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मौसम बदलिसंगै हवाई उडान प्रभावित

१५ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

मौसम बदलिसंगै हवाई उडान प्रभावित

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएसंगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको हवाई उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताएका छन् । प्रतिकूल मौसमका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको र अन्य जहाज आकाशमा होल्ड भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन भने तराई क्षेत्रका विमानस्थलमा नियमित उडान भइरहेको छ । त्यस्तै काठमाडौँमा बिहानैदेखि परेको पानी र बाक्लो कुहिरोका कारण आन्तरिक उडानका विमानहरु बिहान ९ बजेसम्म अवतरण गर्न नसकेको बताईएको छ ।

यतिबेला देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली भईरहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको बताईएको छ ।

राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।