Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक

१५ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक

नेपाल सरकारले मेनपावर कम्पनी मार्फत इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक लगाएको छ । सरकारले कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले म्यानपावर कम्पनीहरूलाई कृषि क्षेत्रमा कामदार पठाउन रोक लगाईएको हो ।

सरकारले मेनपावर कम्पनीहरूबाट कामदार पठाउने भर्ना प्रक्रिया हाललाई स्थगित गरेको  वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । यसअघि नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता भए अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरू पठाउँदै आएको थियो ।

रोजगार विभागले एक सूचना जारी गर्दै हाल बीटुबीको मार्फत इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भएर अध्ययन भइरहेको जानकारी दिईएको छ ।