Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डा.हेमन्त खतिवडा को आध्यात्मिक गीत

१५ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

डा.हेमन्त खतिवडा को आध्यात्मिक गीत

वि.सं २०५३ मा नातिकाजी को स्वर/संगीत मा मनमा काँडा बिझेपछी बोलको गीत रेकर्ड गराएर सांगितिक छेत्रमा उदाएका डा.हेमन्त खतिवडा को आध्यात्मिक गीत को किताब हालै प्रकाशित भएको छ ! यसमा गणेश, राम , शिव, दुर्गा, हनुमान, सरस्वती ,विष्णु, कृष्ण, लक्ष्मी को भजन अनि बाँकी भजन जीवन मृत्यु को विषय मा लेखिएको छ । यस कृति मा १०६ वटा भजनहरु रहेका छन् ! ११५ पृष्ठ मा किताब तयार भएको छ । पचास वटा भजन आशा भोश्ले , साधना सरगम , कैलाश खेर, पंडित जसराज, कुमार सानु लगायत गायक गायिकाहरु ले गाएका छन् ! क्लासिकल र सेमि क्लासिकल मा कतिपय भजन गाइएका छन् ! भजन को प्रचलित परम्परा भन्दा फरत किसिमले लेखिएको छ । निराशावादी नभइकन अधिकांश भजनहरु आशा र उत्साह जगाउने किसिमका छन् ! मृत्यु लाई पनि उत्सव को रुपमा चित्रण गरेर पनि भजनहरु लेखिएका छन् ! जीवन जस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजनहरु पनि छन् ! आध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनहरु छन् ! यसमा मानिसहरु लाई उत्प्रेरणा र प्रेरित गर्ने खालका जीवन दर्शन का विषयहरु पनि समेटिएका छन् ! गीतकार स्वयं प्रकाशक रहेको भजन संग्रह को मूल्य रु २००/ रहेको छ । आकर्षक छपाइ र राम्रो कागजमा सजिएको भजन संग्रह गीतकार डा.हेमन्त खतिवडा को पहिलो भजन संग्रह हो यो !