Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि एसईई परीक्षा सुरू,उत्तीर्ण हुन ३५ अंक ल्याउर्नैपर्ने

१५ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

आजदेखि एसईई परीक्षा सुरू,उत्तीर्ण हुन ३५ अंक ल्याउर्नैपर्ने

आजदेखि मुलुकभर यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आजदेखि चैत २७ गतेसम्म चल्ने एसईई परीक्षामा ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् ।

यसवर्ष २ लाख ५० हजार ७ सय ७२ जना छात्रा, २ लाख ५३ हजार ६ सय २७ जना छात्र र अन्य १५ जना विद्यार्थी सहभागी हुँदैछन । त्यसैगरि यसवर्ष जापानबाट २३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । १५ छात्रा र ८ छात्रले टोकियोस्थित एभरेष्ट इन्टरनेसनल स्कुलमा रहेको केन्द्रबाट परीक्षा दिने बताइएकाे छ ।

त्यसैगरि यसवर्ष पहिलो पटक एसईईमा लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायबाट १५ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । दृष्टिविहीन, कारागार तथा बालसुधार गृहमा रहेका विद्यार्थीलाई सम्बन्धित ठाउँबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको परीक्षा बोर्डले जनाएकाे छ ।

अहिलेकाे एसईई परिक्षा नयाँ पाठ्यक्रममा आधारित भएकाले उत्तीर्ण हुन अनिवार्य ३५ अंक ल्याउर्नैपर्ने व्यवस्था गरिएकाे छ । २ हजार ६४ परीक्षा केन्द्रमा सञ्चालन हुने परिक्षाका लागि झण्डै ७७ हजारभन्दा बढी जनशक्ति खटाइएको छ ।