Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तकको बिक्री शुरु

१४ बुधबार , चैत्र २०८०७ महिना अगाडि

नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तकको बिक्री शुरु

नयाँ शैक्षिक सत्र २०८१ शुरु हुनु अगावै पाठ्यपुस्तकको बिक्री शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सात वटा प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बेच्न शुरु गरेको हो ।  

नयाँ शैक्षिक सत्र २०८१ का लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बेच्न शुरु गरेको र यसरी बिक्री भएको पुस्तक पालिकामार्फत विद्यालयहरुमा पुग्ने बताईएको छ ।

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रविन्द्रकुमार शर्माका अनुसार हिजोदेखि ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु, तनहुँ, मनाङ, प्युठान, रोल्पा, हुम्ला, अछाम र बाजुरामा पाठ्यपुस्तक बिक्री शुरु भएको छ । त्यस्तै आज संखुवासभा, खोटाङ, रसुवा, रौतहट, मुस्ताङ, डोल्पा र दार्चुलामा बिक्री शुरु हुनेछ ।

सूचना अधिकारी शर्माले समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने उद्देश्यले दुर्गम पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री शुरु गरेको बताएका छन् । उनले पहिलो प्राथमिकतामा हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र, तेस्रोमा तराई र अन्तिममा काठमाडौ उपत्यकामा पुस्तक वितरण गर्ने केन्द्रको तयारी रहेको बताएका छन् ।

यसअघि पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाएको र समयमै नयाँ शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छापेर वितरण गर्ने बताएको थियो ।