Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बिदेशमा कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस

१४ बुधबार , चैत्र २०८०२ बर्ष अगाडि

बिदेशमा कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस

वैदेशिक रोजगारमा कामदार पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरिएको छ । युएईस्थित नेपाली दूतावास आवुधाबीले म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस गरेको हो ।  

दूतावासले वैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेसनल ओभरसिज प्रालिलाई कारबाही गर्न सिफारिस गरेको हो । उक्त म्यानपावर कम्पनीले यूएईमा १९ जना युवा अलपत्र परेको सूचना सार्वजनिक भएपछि समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको तर,समस्या समाधान गर्न पहल नगरेपछि कारबाही गर्न युएईस्थित दूतावासका श्रम सहचारी आविद अन्सारीले विभागलाई पत्राचार गरेका हुन् ।

श्रम सहचारी अन्सारीले ‘नेपाली श्रमिकहरू जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पहल नगरको देखिएकाले म्यानपावर तथा कम्पनीलाई आवश्यक कारबाही हुन आदेश अनुसार अनुरोध छ,’ पत्रमा उल्लेख गरेका छन् ।

खोटाङ जन्तेढुङ्गा गाउपालिका-५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको र उनीहरु सहित १९ जना कामदारलाई मेची इन्टरनेसनल ओभरसिज प्रालिले युएईमा अलपत्र परेको बताईएको छ ।