Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

यातायात मजदुरको १६ औं सम्मेलन सम्पन्न, अध्यक्षमा प्रधान

१४ बुधबार , चैत्र २०८०२ बर्ष अगाडि

यातायात मजदुरको १६ औं सम्मेलन सम्पन्न, अध्यक्षमा प्रधान

अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिको १६ औं सम्मेलन सम्पन्न भएको छ । संघले १६ सम्मेलन सदा झैं यस वर्ष पनि २०८० चैत्र ११ गते लोकन्थली स्थित इन्द्रशान बैंकेटमा सम्पन्न गर्दै राज प्रधानको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ ।

संघको अध्यक्ष बिशाल गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ्ग 'लालध्वज' प्रमुख अथिती थिए भने संगठनका राष्ट्रिय अध्यक्ष दिपक के.सी. ले विशेष अतिथीको आसन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुर्यमान दोङ्ग 'लालध्वज'ले यातायात मजदुरको हितमा आफूहरुले संसद र सरकारमा गर्नुपर्ने काम गर्ने प्रतिबद्धता जनाए । बिशेष अतिथि अध्यक्ष दिपक के.सी. ले यातायात क्षेत्र सुधार गर्दै व्यवस्थित गर्न यातायात श्रमिकको प्रमुख भूमिका रहेको बताएका थिए । "सवारी दुर्घटना न्यूनीकरण गर्न संगठन निरन्तर लागिरहेको छ । दुर्घटनाले यातायात  श्रमिकमाथि हुने अनावश्यक तनाब निम्त्याएको छ । नयाँ आउन लागेको सवारी तथा यातायात व्यवस्था ऐनमा यातायात श्रमिक लगानिकर्ता र आम नागरिकको हितमा कानुन बनाउन निरन्तर सुझाव र पहल गर्नेछौं," उनले बताए ।

साथै, केसीले अरनिको व्यावसायी प्रालिका अध्यक्ष केदार क्षेत्रीलाई अरनिको यातायातमा कार्यरत श्रमिकलाई श्रम ऐन अन्तर्गत सेवा सुबिधा दिनमा खटपट नल्याउन आग्रह गरेका छन् । "मजदुरको हित गरेको भए अरनिको यातायातमा कार्यरत श्रमिकलाई श्रम ऐन अन्तर्गत सेवा सुबिधा र सामाजिक सुरक्षामा सहभागी गरेर देखाउनुस्," केसीले चुनौती दिँदै भने ।

सम्मेलनमा मजदुर नेताहरु रामचन्द्र कार्की, मिलन लामा, सुन्दर के.सी, बिष्णु  गुरुङ , रमेश गुरुङ,  ब्यबसायी नेता केदार क्षेत्री, सुरेन्द्र बस्नेत , राजु पौडेल, राजनीतिक दलाका नेताहरु देब चौलागाईं , कानुनविद, शिव शर्मालगायतको उपस्थिति थियो ।

भव्यताका साथ् सम्पन्न सम्मेलनले राज प्रधानको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ । जसको पदाधिकारीहरुमा वरिष्ठ  उपाध्यक्ष  अमेश फुयाँल, उपाध्यक्षहरु नबिना खड्का,  पदम श्रेष्ठ, सचिव टक्कर चौलागाईं, सह- सचीवहरु अर्जुन पौडेल, सुजन ठकुरी, महेन्द्र बस्नेत र राजेस श्रेष्ठ, कोषाध्यक्ष नबिन लामा,सह कोषाध्यक्ष  रामायण राउत रहेका छन् ।  

त्यसैगरी सदस्यहरु दिनेश सापकोटा, बालकृष्ण पाण्डे, सबिन चौलागाईं, प्रदिप गौतम, श्याम काजि श्रेष्ठ, भिमसेन चौलागाईं, आशिष गौतम, काजि तामाङ, राजकुमार श्रेष्ठ, चन्द्र कुमार श्रेष्ठ र नानिराम नेपाल रहेका छन् ।