Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तनहुँ र चितवन जोड्ने पक्की पुल निर्माण

१४ बुधबार , चैत्र २०८०७ महिना अगाडि

तनहुँ र चितवन जोड्ने पक्की पुल निर्माण

तनहुँको देवघाट र चितवनको भरतपुर जोड्ने पक्की पुल निर्माण  भएको छ । विसं २०७१ कात्तिक २० गते निर्माणको काम थालिएको त्रिशूली नदीमा दुई जिल्लालाई जोडने पक्की पुल रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा निर्माण भएको हो । 

तनहुँ जिल्लाको देवघाट गाउँपालिका-५ घिनाटार र चितवन जिल्लाको भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल निर्माणसंगै हालै सञ्चालनमा आएको बताईएको छ । साथै, उक्त पुलको औपचारिक उद्घाटनको योजना रहेको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

पुल उदघाटनका लागि चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिएका छन् । उनले उद्घाटनका लागि राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरूको बैठक बस्ने पनि बताएका छन् ।