Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशभर मौसम बदली,केहि स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने

१४ बुधबार , चैत्र २०८०७ महिना अगाडि

देशभर मौसम बदली,केहि स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको कारण मुलुकभरको मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर देशभरको मौसम साधारणतया बदली भएको छ ।

महाशाखाका अनुसार अहिले मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको बताईएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।

आज राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाई छ ।