Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिमाल आरोहणका लागि अनुमति दिन सुरु

१३ मंगलबार , चैत्र २०८०७ महिना अगाडि

हिमाल आरोहणका लागि अनुमति दिन सुरु

वसन्त ऋतुको हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति दिन सुरु गरेको छ । विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको हो ।

विभागले यसवर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि धमाधम अनुमति दिन सुरु गरेको बताईएको छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाले हालसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनालाई आरोहण अनुमति दिइएको छ ।

अनुमति लिनेमा अमादब्लङमा ३, हिमलुङका लागि ५, जुगलमा १ र अन्नपूर्ण हिमालमा २४ आरोही रहेका छन् । त्यसैगरी सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको र भोलिदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ ।

वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि धेरैको सङ्ख्यामा आरोही आउने गरेका छन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए ।