Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग खेल्दै

१३ मंगलबार , चैत्र २०८०७ महिना अगाडि

फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग खेल्दै

आज नेपाली राष्ट्रिय टोलीले फिफा विश्वकप-२०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेल बहराइनसँग दोस्रो लेग खेल्दैछ । बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति पौने १ बजेदेखि खेल सुरु हुनेछ ।

फिफा विश्वकप छनोटको समूह ‘एच’मा रहेको नेपालले विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई १-० ले हराएको थियो । दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । बहराइनसँग दोस्रो लेग खेल्दा नेपाली टिम पहिलो अंक जोड्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ ।

यसअघि पहिलो लेगमा बहराइन राष्ट्रिय रंगशालामा बहराइनसँग ५-० गोल अन्तरले नेपाल पराजित भएको थियो ।बहराइनलसँगको पहिलो लेग नेपालको घरेलु मैदानमा हुने तालिका भएपनि दशरथ रंगशालाको स्तर खेल्न लायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा भएको हो ।