Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सरकारलाई नेपाल संवत मोबाइल एप हस्तान्तरण

१३ मंगलबार , चैत्र २०८०७ महिना अगाडि

सरकारलाई नेपाल संवत मोबाइल एप हस्तान्तरण

सरकारलाई नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको उक्त सर्वर र एप सरकारलाई हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री दाहाललाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गरेका थिए । प्रधानमन्त्रीले धेरै मेहनत गरेर नेपाल संवत, विक्रम संवत, ईस्वी संवतलाई पनि सहजै रुपान्तरण गर्न सकिने र अनन्तकालसम्म प्रयोगमा ल्याउन सकिने काम भएको बताउदै नेपाल संवतको गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने बताए ।

उक्त सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत, विक्रम संवत र इस्वी संवत प्रयोग गर्न सकिने बताइएको छ । प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठका अनुसार उक्त एपलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने बताईएको छ ।