Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

क्रिकेट ‘स्पट फिक्सिङ’ का आरोपित क्रिकेटरले पाए सफाई

१३ मंगलबार , चैत्र २०८०७ महिना अगाडि

क्रिकेट ‘स्पट फिक्सिङ’ का आरोपित क्रिकेटरले पाए सफाई

क्रिकेट ‘स्पट फिक्सिङ’ को आरोप लागेका क्रिकेटरलाई जिल्ला अदालत काठमाडौंले सफाई दिएको छ । ‘स्पट फिक्सिङ’ को आरोप लागेका क्रिकेटर आदिल अन्सारी, महबुब अफताव आलमसहित ५ जनालाई निर्दोष ठहर गर्दै सफाई दिएको हो ।  

जिल्ला अदालत काठमाडौंले उनीहरुमाथि लागेको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो । न्यायाधीश कमल प्रसाद पोखरेलको एकल इजलासले क्रिकेटरहरुलाई अभियोग दाबी नपुग्ने भन्दै निर्दोष ठहर गरेको छ ।

अदालतबाट सफाइ पाउनेमा अन्सारी, आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी रहेका छन् । उनीहरुविरुद्ध गत वर्ष २०७९ फागुन ५ गते मुद्दा दायर भएको थियो । उनीहरुमाथि ९ पुसदेखि २७ पुससम्म कीर्तिपुर मैदानमा भएको नेपाल टी–२० लिगमा उनीहरूले ‘स्पट फिक्सिङ’ गरेको आरोप लागेको थियो ।

नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा गत वर्षको माघमा अन्सारी, पूर्व क्रिकेटर महबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए । उनीहरुलाई त्यसको ३ महिनापछि जनही ३ लाख धरौटी लिएर छाडिएको थियो।

राष्ट्रिय टोलीबाट खेल्दै आएका क्रिकेटर आदिलमाथि फिक्सरसँग रकम लिएर ‘नो बल’ फ्याकेको आरोप लागेको थियो । क्रिकेटको भाषामा यसलाई ‘स्पट फिक्सिङ’ भनिन्छ । उनीहरुमाथि खेलमा मिलेमतो तथा अनियमितताको मुद्दा दायर गरिएको थियो ।