Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रहरीका ४ असइ सहित २३ जना सम्पर्कविहीन

१३ मंगलबार , चैत्र २०८०२ बर्ष अगाडि

प्रहरीका ४ असइ सहित २३ जना सम्पर्कविहीन

नेपाल प्रहरीमा कार्यरत ४ जना प्रहरी सहायक निरीक्षक (असइ)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजतलास गर्दा पनि सम्पर्कमा नआएका हुन् ।

सुचनाअनुसार आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रकृया पूरा गरी सूचना टाँस भईसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकाले हाजिर हुन आउनेबारे सुचना प्रकाशित गरिएको बताईएको छ ।

प्रहरी प्रधान कार्यालयलका अनुसार चार जना प्रहरी सहायक निरीक्षक (असइ)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका र सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका असइदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।