Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काशी भञ्ज्याङको राष्ट्रिय झण्डा फेरियो

१२ सोमबार , चैत्र २०८०७ महिना अगाडि

काशी भञ्ज्याङको राष्ट्रिय झण्डा फेरियो

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर-३ अन्तर्गत काशी भञ्ज्याङमा हावाले च्यातिएको राष्ट्रिय झण्डा चर्को आलोचनापछि फेरिएको छ । काशी भञ्ज्याङ पिकनिक स्पोर्ट्समा राखिएको च्यातिएको  झन्डा आर्शु स्मृति प्रतिष्ठिनका अध्यक्ष रुपेश काफ्ले र काभ्रे प्रेसको अरबिन्द्र गौतमले फेरेका हुन् ।  

हावाले च्यातिएको नेपालको राष्ट्रिय झण्डा लामो समय सम्म नफेरिएको भन्दै चर्को आलोचना भइरहेको थियो । यसबारे अधिकांशले बनेपा नगरपालिकाल-३ लगायत सरोकारवाला निकायको आलोचना गरेका थिए । यसअघि झण्डा फेर्न अनेरास्ववियु काभ्रेले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको भएपनि झन्डा फेरिएको थिएन ।

लामो समयसम्म हावाले च्यातिएको राष्ट्रिय झन्डा नफेरिए पछी काभ्रे प्रेसका गौतमले स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकाय, युवा नेताहरु, व्यवसायीहरु, समाजसेवीहरु र अभियान्तले नसके आफूहरुले नयाँ झन्डा फेर्ने बताएका थिए ।

काभ्रे प्रेस र आर्शु स्मृति प्रतिष्ठिनले आज च्यातिएको झण्डा फेरिदिएको बताईएको छ । प्रतिष्ठिनले यो भन्दा अगाडि पनि बनेपा चार दोबाटोमा चार वटा राष्ट्रिय झण्डा फेरेको थियो । झण्डा नितान्त एउटा समाजसेवामा अनवरत रुपमा लाग्ने आर्शु स्मृति प्रतिष्ठिन र काभ्रे प्रेसले फेरि दिएको हो ।