Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सय वर्षपछि होलीको दिन चन्द्रग्रहण

१२ सोमबार , चैत्र २०८०७ महिना अगाडि

सय वर्षपछि होलीको दिन चन्द्रग्रहण

सय वर्षपछि होलीका दिन २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । ज्योतिषविद्हरूका अनुसार आजको चन्द्रग्रहणलाई खन्डग्रास चन्द्रग्रहण भनिएको छ । संयोगबस होली पर्वको बेलामा लाग्न लागेको आजको चन्द्रग्रहण एक सय वर्षपछिको खन्डग्रास चन्द्रग्रहण हो ।

आजको चन्द्रग्रहण बिहान १०:३९ बजे लाग्ने र दिउँसो ३:१६ बजेसम्म लाग्ने बताईएको छ । आजको चन्द्रग्रहण नेपालमा नदेखिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताएका छन् ।

शर्माकाअनुसार ग्रहणले नेपालमा रहने कुनै पनि राशिका मानिसलाई प्रभाव नपार्ने बताईएको छ । आजको चन्द्रग्रहण भारत, उत्तर–पूर्वी एशिया, यूरोप, अस्ट्रेलिया, अमेरिका, जापान, रुस, आयरल्यान्ड, बेलायत, स्पेन, पोर्चुगल, इटली, एटलान्टिक, आर्कटिक र प्रशान्त क्षेत्रमा मात्रै देख्न सकिन्छ ।

चन्द्र ग्रहणको दिन नकारात्मक शक्ति बढी सक्रिय हुने हुँदा ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्ने र यो ग्रहणले केही राशिमा भने राम्रो प्रभाव पार्ने बताइएको छ ।