Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनकोशीमा तीन बालबालिका बेपत्ता, खोजी कार्य तिब्र

१२ सोमबार , चैत्र २०८०७ महिना अगाडि

सुनकोशीमा तीन बालबालिका बेपत्ता, खोजी कार्य तिब्र

हिजो दिउसो उदयपुरको सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य भइरहेको छ । आइतबार अपराह्न बेपत्ता भएका उनीहरुको खोजी भइरहेको र राति अबेरसम्म पनि नभेटिए पछी आज बिहानै देखि खोजि कार्यलाई निरन्तरता दिइएको हो ।

हराएका बालबालिकाको आज बिहानैदेखि पुनः खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिएका छन् । बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डमा ९ जनाको गोताखोर टोली परिचालन गरिएको पनि प्रहरीले जनाएको छ ।

त्रियुगा–१४ साउनेका ११ वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर नुहाउने क्रममा नदीमा बेपत्ता भएको बताईएको छ । उनीहरू हिजो दिउँसो होली खेलेर सुनकोशीमा नुहाउन गएको र नुहाउने क्रममा बेपत्ता भएको बताईएको छ । नुहाउन गएकामध्ये दुईजना निक्लिन सफल भएको प्रहरीले जनाएको छ ।