Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज तराईमा होलि, तराई-मधेशमा सार्वजनिक बिदा

१२ सोमबार , चैत्र २०८०७ महिना अगाडि

आज तराईमा होलि, तराई-मधेशमा सार्वजनिक बिदा

हिजो पहाडी र हिमाली जिल्लामा मनाईएको फागुपर्व आज तराई-मधेश क्षेत्रमा मनाइँदैछ । तराई-मधेशमा होली मनाउन सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

काठमाडौं उपत्यकालगायत पहाडी र हिमाली क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई-मधेशमा होली मनाउने चलन रहेको छ । काठमाडौँको बसन्तपुरमा फाल्गुन अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि पहाड र हिमाली जिल्लाको फागुपर्व सम्पन्न हुन्छ भने तराई-मधेशमा पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइने गरिन्छ ।

तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ । होलीमा जोगिरा गीतको विशेष महत्त्व रहेकाले गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ भने रैथाने परिकारले समेत यो पर्वमा रौनक बनाउने गर्दछ ।

पौराणिक कथाअनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको र द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको बताइन्छ । यसरि खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको छ । ​