Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ट्राफिक चेकिङमा ७ सय ८४ सवारी साधन होल्ड

१२ सोमबार , चैत्र २०८०७ महिना अगाडि

ट्राफिक चेकिङमा ७ सय ८४ सवारी साधन होल्ड

हिजो फागु पूर्णिमा अर्थात् होलीको दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ ओटा सवारी साधनलाई होल्ड गरेको छ । होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा उक्त सवारी साधनलाई होल्ड गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङको क्रममा ७ सय ८४ ओटा सवारी साधनलाई होल्ड गरिएको  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले मोटसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र साथमा नराखी सवारी साधन चलाउने लगायतका ट्राफिक नियम उल्लंघन गर्ने ७६९ दुई पाङ्ग्रे र १५ ओटा चार पाङग्रे गरि ७ सय ८४ सवारी साधनलाई होल्ड गरेको हो । त्यस्तै मदिरा पिएर सवारी चलाउने १ सय ३५ जनालाई ट्राफिक नियम उल्लघंन गरेअनुसारको उल्लेखित कारबाही गरेर बेलुकी साढे ६ बजेपछि छाडिएको बताईएको छ ।  

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा गरेको चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको बताईएको छ ।

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठकाानुसाार फागु पूर्णिमालाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचलाई कडाइ गरेकाले सवारी दुर्घटनामा कमी आएको बताए ।