Advertisement Banner
Advertisement Banner

१० सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

दुई समूहबीचको झडपमा दुई जनाको मृत्यु

१२ सोमबार , चैत्र २०८०३ बर्ष अगाडि

दुई समूहबीचको झडपमा दुई जनाको मृत्यु

हिजो राति ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर-२६ ढोलाहिटीमा दुई पक्षबीच ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुई समूहबीचको उक्त झडपमा परी पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । मृतकहरूमाथि शरीरमा छुरा प्रहार भएको बताईएको छ ।

गएराति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई जानकारी भएको र उक्त खबरपछि प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको बताईएको छ ।