Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

टियू मैदानमा नेपाल र आयरल्यान्ड भिड्दै

१२ सोमबार , चैत्र २०८०७ महिना अगाडि

टियू मैदानमा नेपाल र आयरल्यान्ड भिड्दै

नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्स र नेपाल पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला अन्तर्गत आज पहिलो ट्वान्टी–२० खेल आयरल्यान्ड वुल्भ्स र नेपाल खेल्दैछन । नेपालको तर्फबाट रोहितकुमार पौडेलको कप्तानीमा आयरल्यान्ड वुल्भ्ससँग नेपाली टिम पहिलो र दोस्रो ट्वान्टी–२० खेल खेल्ने भएको हो ।

त्यसैगरी यसपछिका तीन ट्वान्टी–२० र एकदिवसीय शृंखला भने आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले खेल्ने र त्यसको लागि विनोद भण्डारीले कप्तानी गर्नेछन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

आयरल्यान्ड वुल्भ्ससँग नेपालले सोमबार पहिलो खेलपछि चैत १३ गते दोस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ खेल खेल्ने तालिका रहेको छ । तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते हुने बताईएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सबै खेलमा आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो भने नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।