Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विद्यार्थीलाई अनलाइन बाटै एनओसी दिईने

११ आइतबार , चैत्र २०८०७ महिना अगाडि

विद्यार्थीलाई अनलाइन बाटै एनओसी दिईने

विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन बाटै एनओसी दिईने तयारी गरेको छ । विद्यार्थीले एनओसी लिनको लागि आवश्यक शैक्षिक प्रमाणपत्रहरू लिएर भौतिक रूपमा जानुपर्ने अवस्थालाई हटाएर अनलाइन बाटै एनओसी दिईने तयारि गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथ्याङ्क (एकेडेमिक डेटा) एनओसी शाखाको पोर्टलमा एकीकरण (इन्टिग्रेट) गर्ने प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै त्रिविसँगै पोखरा विश्वविद्यालयको तथ्याङ्क पनि एकीकरण गर्ने तयारी गरिरहेको बताईएको छ ।

उक्त तयारी सकिएपछि अधिकांश विद्यार्थीले अनलाइनमार्फत नै एनओसीको सबै सेवा पाउने बताईएको छ । अहिले शाखाले आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण र प्रमाणीकरण भएको २४ घण्टाभित्र एनओसी दिइरहेको छ । 

विद्यार्थीलाई अनलाइन बाटै एनओसी लिन पाउने भएपछी अहिलेको भौतिक रूपमा ‘ओरिजिनल डकुमेन्ट भेरिफाइ’ गर्न जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।