Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

होलीमा ट्राफिक प्रहरीको कडाई

११ आइतबार , चैत्र २०८०७ महिना अगाडि

होलीमा ट्राफिक प्रहरीको कडाई

आजको होली पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले राजधानीका ९० स्थानमा सवारी जाँच गर्दै सुरक्षा व्यवस्थालाई कडाई गरेको छ । पर्वलाई सुरक्षित र मर्यादित बनाउन ट्राफिक प्रहरीले सुरक्षा व्यवस्थालाई कडाई गरेको हो ।  

बिहान ७ बजेदेखि ट्राफिकले सवारी जाँच गर्नका लागि ९ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरेको बताएको छ । ट्राफिक प्रहरीले उपत्यकाका तीनवटै जिल्लामा अधिकतम ट्राफिक प्रहरी परिचालन गरि उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको बताईएको छ ।

होली पर्वमा दुर्घटना,उच्छृङ्खल गतिविधि नहोस भनि सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा प्रहरीको बाक्लो परिचालन गरिएको बताईएको छ । अनावश्यक हर्न बजाउने, नियम विपरीत सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिकले जनाएको छ ।

ट्राफिक प्रहरीले ठाउँ-ठाउँमा ट्राफिकको ३० ओटा मोबाइल भ्यान,मोबाइल गस्ती तथा चेक प्वाइन्ट राखेर मादक पदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई विशेष निगरानी गरि कारवाही गर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।