Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भिजिट भिसामा दैनिक १५ सय जना बिदेशीए

११ आइतबार , चैत्र २०८०२ बर्ष अगाडि

भिजिट भिसामा दैनिक १५ सय जना बिदेशीए

गत माघ १० गते नेपाल सरकारले भिजिट भिसामा नयाँ मापदण्ड जारी गरेसँगै अहिले दैनिक १५ सयको हाराहारीमा नेपालीहरु भिजिट भिसामा मुलुक बाहिर जाने गरेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार यसअघिको तुलनामा अहिले  मापदण्ड जारी भएसँगै भिजिट भिसामा विदेशिनेको संख्या झन्डै दोब्बरले बढेको हो ।  

माघ १० अघि दैनिक करिब ९ सय ७५ नागरिक भिजिट भिसामा बाहिरिने गरेका थिए । भिजिट भिसामा नयाँ मापदण्ड लागू भएपछि अहिले दैनिक १५ सयको हाराहारीमा भिजिट भिसामा बाहिरिने गरेका विभागको तथ्यांकले जनाएको छ । नयाँ मापदण्ड लागू भएको माघ १० देखि फागुन १५ सम्मको तथ्यांक हेर्दा यसबीच ४२ हजार ६ सय २८ जना भिजिट भिसाको मुलुक बाहिर  गएका छन् ।

भिजिट भिसामा नयाँ मापदण्ड सुरुहुनु अघिको एक महिनामा २९ हजार २ सय ९६ जना भिजिट भिसामा मुलुक बाहिरिएका थिए । अहिले भिजिट भिसामा नयाँ मापदण्ड सुरु भएसँगै भिजिट भिसामा विदेश जानेको संख्या बढेको अध्यागमनका कर्मचारीहरु बताउँछन् ।

यसअघि हाकिमलाई दिएको ‘स्वविवेक’ अधिकारको दुरुपयोग हुन थालेपछि गृह मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको थियो । नयाँ मापदण्ड जारी भएपछि भिजिट भिसामा जानेको संख्या बढेको र ‘स्वविवेक’ अधिकार दिँदा बेलाबेलामा अध्यागमनका कर्मचारी माथि नै प्रश्न उठ्ने गरेकाले नयाँ मापदण्ड आएपछि विभागका कर्मचारीलाई पनि सजिलो भएको बताईएको छ ।

जानकारहरूका अनुसार भिजिट भिसा भन्नेबित्तिकै पैसाको बार्गेनिङ हुने गरेको र नयाँ मापदण्ड आएपछि पैसाको बार्गेनिङ अन्त्य भएको बताउछन । सरकारले भिजिट भिसामा यसअघिको १७ बुँदे प्रावधान हटाएर नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएपछी नयाँ मापदण्डअनुसार भिजिट भिसामा सहज भएको बताईएको छ ।