Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गुणस्तरीय जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड

०९ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

गुणस्तरीय जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड

अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई सम्बोधन गर्दै उक्त कुरामा जोड दिएका हुन् ।

आज आयोगको १३ औँ बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । उनले उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै स्वास्थ्यजस्तो संवेदनशील विषयको गुणस्तरमा सम्झौता नहुने प्रष्ट पारेका थिए ।

प्रधानमन्त्री प्रचण्डले गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्ने बताउदै दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्रीले नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा शिक्षा क्षेत्रमा आकर्षण बढ्दै गएको बताएका छन् ।

वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् । शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न सबैलाई आग्रह गर्दै चिकित्सा शिक्षा मानव समुदायको स्वास्थ्यसँग जोडिएको र सबैको चासोको क्षेत्र भएकाले यस क्षेत्रको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने प्रधानमन्त्रीको भनाई रहेको थियो ।