Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

श्रममन्त्रीद्धारा वैदेशिक रोजगार कार्यालयको अनुगमन

०९ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

श्रममन्त्रीद्धारा वैदेशिक रोजगार कार्यालयको अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालयको अनुगमन गरेका छन् । मन्त्री अर्यालले हिजो साँझ वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका हुन् ।

बिहीबार साँझ मन्त्री अर्याल आफैँ ताहाचल पुगी कार्यालयको अनुगमन गरेको बताईएको छ । उनले कार्यालयमा पुगी श्रम स्वीकृतिको प्रक्रियाका विषयमा कर्मचारीसँग जानकारी लिएका थिए ।

त्यसैगरी मन्त्री अर्यालले श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको विषयमा पनि कर्मचारीसँग सोधपुछ गरेको बताईएको छ । साथै, मन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन निर्देशन दिएका थिए ।

त्यस्तै मन्त्री अर्याल हिजै साँझा विमानस्थलको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको बताईएको छ । मन्त्रीको टोलीले साँझ ७ बजेदेखि आधा घण्टासम्म विमानस्थलको आगमन र प्रस्थान कक्षको स्थलगत निरीक्षण गरेर साढे ७ बजे त्यहाँबाट बाहिरिएको बताईएको छ ।