Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रिय योजना आयोगमा ४ जना नियुक्त

०८ बिहिबार , चैत्र २०८०२ बर्ष अगाडि

राष्ट्रिय योजना आयोगमा ४ जना नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त रहेको पदमा ४ सदस्य नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त रहेको पदमा ४ सदस्य नियुक्त गरेको हो । यसअघि नयाँ सत्ता समीकरण बनेसँगै पुराना सदस्यहरूले राजीनामा दिएपछी योजना आयोगमा सदस्य पद रिक्त भएको थियो ।

आयोगको रिक्त सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको बताईएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा सामुहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुणामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको बताएकि छन् ।

त्यसैगरी आजको बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली ७ जना र नेपाली ३ जना गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लाको जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।