Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख २७ हजार नाघ्यो

०८ बिहिबार , चैत्र २०८०२ बर्ष अगाडि

सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख २७ हजार नाघ्यो

नेपाली बजारमा सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सुन मूल्य बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो ।

आज सुनको मूल्यमा अहिलेसम्मकै उच्चा रेट १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । गत फागुन २७ गते सुनको उच्च मूल्य कायम हुँदा छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो । उक्त रेकर्ड तोडेर आज सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेर १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

हिंजो बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।