Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग

०८ बिहिबार , चैत्र २०८०२ बर्ष अगाडि

रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग

गैर आवासीय नेपाली संघ (एनआरएनए) आरके समूहका अध्यक्ष  राजेन्द्र कुमार शर्माले (आरके शर्मा)ले रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग गरेका छन् । उनले अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग गरेका हुन् ।

मन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा श्रमिकका समस्याका साथै नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेटका विषयमा छलफल भएको बताईएको छ । अध्यक्ष शर्माले अहिले बिदेशमा रहेका श्रमिकहरुले रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नु पर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत कम गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

अध्यक्ष शर्माले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नु पर्ने र प्रत्येक महिना पठाउँदा यसले श्रमिकहरुलाई मार पर्ने बताए । उनले रेमिट्यान्स पठाउँदा शुल्क महँगो भएकाले पनि कतिपयले हुन्डीमार्फत अवैध रूपमा पैसा पठाउने गरेको तर्फ सचेत गराउँदै तत्काल बैंकिङ च्यानलबाट पठाउँदा प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्न पनि माग गरेका छन् ।

अध्यक्ष शर्माको मागको जवाफमा अर्थमन्त्री पुनले अहिले बजेट बनाउने बेला भएको र नेपाली श्रमिकहरूको समस्या समाधानका लागि सरकारले विशेष व्यवस्था गर्ने प्रतिबद्धता जनाएको बताईएको छ ।