Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पत्रकार महासंघको २७ औं महाधिवेशन लुम्बिनीमा

०८ बिहिबार , चैत्र २०८०२ बर्ष अगाडि

पत्रकार महासंघको २७ औं महाधिवेशन लुम्बिनीमा

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन लुम्बिनीमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले महाधिवेशन २०८१ वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको हो ।

महासंघको बैठकले २७ औं महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा गर्ने र त्यसअघि प्रदेश अधिवेशन वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको बताईएको छ । त्यस्तै महासंघले वैशाख १ अगावै सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेश गर्न निर्देशन दिएको छ ।

त्यस्तै अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने निर्णय समेत छ । बुधबारको बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्याक्ष रमेश विष्ट र महासचिव रोसन पुरीको नेतृत्वमा स्टेरिङ समिति गठन गरेको बताएको छ ।

उक्त स्टेरिङ समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश र शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्ने बताएको छ । समन्वय गर्न दश वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी समेत तोकिएको छ ।

जसमा कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेशमा सचिव दीपेन्द्र चौहान, बाग्मतीमा सचिव सिर्जना अर्याल, गण्डकीमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनीमा उपाध्यक्ष उदय जिएम, कर्णालीमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिममा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईलाई जिम्मेवारी तोकिएको बताईएको छ ।

महासंघको विधानले व्यवस्था गरेअनुसार महाधिवेशनमा केन्द्रीय साधारणसभामा सहभागी राष्ट्रिय परिषद् सदस्यहरु उपस्थित हुनुपर्ने छ । अब हुने महाधिवेशनलाई विश्वव्यापी रुपमा पत्रकार र सञ्चार क्षेत्रमा देखिएका संकटका विषयमा केन्द्रित हुने बताईएको छ ।