Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसईई परिक्षाको तयारी पुरा ५ लाख विद्यार्थी सहभागी हुने

०८ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

एसईई परिक्षाको तयारी पुरा ५ लाख विद्यार्थी सहभागी हुने

यस वर्षको एसईई परिक्षाको तयारी अन्तिम चरणमा पुगेसंगै परिक्षामा ५ लाख बढी विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यहि चैत्र १५ गतेदेखि सुरु हुने एसईई परीक्षामा सहभागी हुन् ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीले फाराम भरेका छन् ।

२०८० चैत्र १५ गतेदेखि सुरु हुने यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । परीक्षाका लागि देशभर २ हजार ५७ केन्द्र निर्धारण गरिएको पनि बोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसवर्ष  जापानमा समेत एउटा परीक्षा केन्द्र निर्धारण गरिएको र त्यहाँबाट २३ जना विद्यार्थीले परिक्षा दिने बताईएको छ । एसईई परीक्षाका लागि ५ लाख प्रश्नपत्र छापिइसकेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् । 

प्रश्नपत्रहरु ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको र काठमाडौं जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने पनि परीक्षा नियन्त्रक पौडेलले बताए । परीक्षा नियन्त्रक पौडेलका अनुसार  ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले फाराम भरे पनि केही विद्यार्थीको संख्या घट्न सक्ने बताईएको छ । 

नियन्त्रक पौडेलका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्ने र प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष १/१ जना रहने बताईएको छ ।

त्यस्तै ३ सय विद्यार्थी रहेको केन्द्रमा २ सहायक केन्द्राध्यक्ष, २ सय विद्यार्थी बराबर १ निरीक्षक, १ सय ५० देखि २ सयसम्म परीक्षार्थी भएको केन्द्रमा १ सहयोगी र त्योभन्दा बढी भएका स्थानमा २ सहयोगी खटाइने बोर्डले जनाएको छ ।