Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बागमतीका १३ जिल्लामा एचपीभी खोप लगाईदै

०८ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

बागमतीका १३ जिल्लामा एचपीभी खोप लगाईदै

आजदेखि बागमती प्रदेशका १३ जिल्लामा एचपीभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो मात्रा बागमती प्रदेशका १३ वटै जिल्लाका किशोरीहरूलाई लगाउन लागिएको हो ।  

यसअघि २०८० भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सात वटै प्रदेशका किशोरीहरूलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो मात्रा ६ महिनापछि आज लगाउन लागिएको हो  ।

जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरीहरुलाई काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइने बताईएको छ । साथै उक्त खोप सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट दिइँदै छ भने खोपको पहिलो मात्रा लिएकाले कार्ड लिएर तोकिएको अस्पतालमा गएर दोस्रो मात्रा लिन सकिने छ ।

एचपीभी एक प्रकारको जीवाणु हो जसले ९५% पाठेघरको मुखको क्यान्सर गराउँन सक्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्त्व भएको विभिन्न अनुसन्धानबाट पुष्टि भएकाले एचपीभी खोप लगाउदा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने बताईएको छ ।  

एचपीभीका जीवाणुका २०० बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यस वर्षबाट १४ वर्ष पुर भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान थालेको हो । 

अभियान अन्तर्गत चैत्र ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी,कर्णाली र मधेश गरी एकै दिन चार प्रदेशमा खोप लगाइएको थियो । आज चैत्र ८ गते बागमतीमा र चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप लगाइदै छ ।