Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्वकप छनोट खेलमा नेपालले बहराइनसँग खेल्ने

०८ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

विश्वकप छनोट खेलमा नेपालले बहराइनसँग खेल्ने

फिफा विश्वकप-२०२६ छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । आज राति बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२ बजेर ४५ मिनेटमा हुने विश्वकप छनोटअन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेलम नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

आज नेपालले पहिलो खेल बहराइनसँग खेलेपछि आगामी मंगलबार बहराइनमै दोस्रो खेल खेल्ने बताईएको छ । सुरुवाती दुई खेलमा हार बेहोरेको नेपाल समूह ‘एच’मा रहेको छ । यसअघि नेपालले पहिलो खेलमा युएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो ।

नेपालले पहिलो चरणमा लाओसलाई हराउदै दोस्रो चरणमा पुगेको थियो । अहिले खेलिरहेका चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।

आज बहराइनमा हुन् लागेको खेल नेपालमा हुने तालिका भएपनि नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेसंगै बहराइनमा हुने लागेको हो ।