Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दरबारियाद्वारा दरबारका कुरा

०८ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

दरबारियाद्वारा दरबारका कुरा

काठमाडौं । राजदरबारका पूर्व सैनिक सचिव विवेककुमार शाहले पहिले ‘मैले देखेको दरबार’ पुस्तक लेखेका थिए, अहिले ‘दरबारबाट देखेको नेपाल’ पुस्तक लेखेका छन् ।
मुख्य सवाल दरबार हत्याकाण्ड के हो ? अहिले पनि नेपाली मन मनमा दरबार हत्याकाण्डबारे उत्सुकता छ । यसबारेमा जर्नेल विवेक शाहले प्रष्ट जवाफ दिन नसकेको पुस्तक पारखीहरूले बताएका छन् । पुस्तकमा जर्नेलसावले लेखेका छन्– राजदरबार हत्याकाण्ड दिपेन्द्रबाटै भएको हो । यसमा धेरैको आशंका छ, लेखक जर्नेलले यो सबैकुरा वाहिरी शक्तिको उक्साहटमा लेखेका हुन् । दरबार हत्याकाण्ड हुँदा स्वयम् सैनिक सचिव विवेककुमार शाह कहाँ थिए ? के गर्दै थिए ? कतिबेला उनले खबर पाए ? कतिबेला उनी दरवार गए ? प्रश्न धेरै छन् । विश्लेषकहरू भन्छन्– हत्याकाण्डमा मुख्य दोषी उनले युवराज दीपेन्द्रलाइृ किटान गरेका छन् र आफूले  राजा ज्ञानेन्द्रलाई संयुक्त राष्ट्रबाट हत्याकाण्डको छानबिन गराउनु पर्छ भनेर सुझाव दिएको उल्लेख गरेका छन् । गिरिजाप्रसाददेखि प्रचण्डसम्मको १४ सरकार बनिसक्दा पनि यो रहस्यको पर्दा उघार्न कुनै सरकार अग्रसर भएन ।
यहाँसम्म कि राजा ज्ञानेन्द्रले माधव नेपालको अध्यक्षतामा छानबिन समिति गठन गर्न भन्दा स्वीकार गर्ने माधव नेपालले घर पुगेको २ घण्टापछि आफू छानबिन समितिमा नबस्ने जानकारी गराएका थिए ? किन ?
पछि तारानाथ रानाभाट छानबिनमा बसे र भटटट... भनेर दीपेन्द्रबाट हत्याकाण्ड भएको प्रतिवेदन सार्वजनिक गर्दा होला र ? भन्ने प्रश्न आजसम्म जिवितै छ । हत्याकाण्डमा विदेशी हात थियो भन्ने संशय आज पनि बाक्लै छ । स्वयम् लेखक कुन विदेशी राष्ट्रपतिको नाममा सञ्चालित फाउण्डेशनमा आवद्ध छन्, यो पनि प्रश्न छ ।
केही बुद्धिजीवी, टिप्पणीकार भन्छन्– विवेककुमार शाहले आफू लोकप्रिय हुन यो पुस्तक लेखेका हुन् ।