Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चैत्र महिनाभरी रिडी-तम्घास सडक बन्द

०७ बुधबार , चैत्र २०८०७ महिना अगाडि

चैत्र महिनाभरी रिडी-तम्घास सडक बन्द

आज चैत्र ७ गतेदेखि चैत मसान्तसम्म मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडक बन्दहुने भएको छ । उक्त सडक खण्डमा पहरो फोर्ने,चौडा पार्ने,ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भएकाले राजमार्ग योजना कार्यालयले एक सूचना सार्वजनिक गर्दै सडक बन्द गर्ने जनाएको हो ।

मदन भण्डारी राजमार्गअन्तर्गतको उक्त रिडी-तम्घास सडक बन्द हुने भएकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । आगामी चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिएकी छन् ।

उक्त सडक चैत मसान्तसम्म बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म बन्द रहने बताउदै गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा बसेको बैठकले सडक बन्द गर्ने निर्णय गरेको थियो । रिडी-तम्घास सडकखण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माण भइरहेको छ ।

मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्याङ्की-थोर्गा-स्यालपोखरी-सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी तथा घुम्तीबाट-चारापाला-खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।