Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

होलीको नाममा तडकभडक हो-हल्ला नगर्न आग्रह

०७ बुधबार , चैत्र २०८०७ महिना अगाडि

होलीको नाममा तडकभडक हो-हल्ला नगर्न आग्रह

होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्य तडकभडक र सार्वजनिक स्थानमा हो-हल्ला नगर्न आग्रह गरेको छ । होलीपर्व मनाउँदा सामाजिक सद्भाव र भाइचारा कायम गर्दै ऐतिहासिक महत्व बोकेको पर्व होली मनाउदा तडकभडक र हो-हल्ला नगर्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक नगर्न,सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा नगर्न,मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल नगर्न आग्रह गरेको छ ।

प्रशासनको आग्रहलाई बेवास्था गरि कसैले अमर्यादित, उच्छृंखल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा कानुन बमोजिम कारबाही गरिने पनि जिल्ला प्रशासनले चेतावनी दिइएको छ । 

यहि चैत ११ काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लाहरुमा र १२ गते तराईका जिल्लाहरुमा होली पर्व मनाइँदै छ । साथै सरकारले होलीको सार्वजनिक बिदा समेत दिएको छ ।