Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज मौसम बदलीसंगै पूर्वमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

०७ बुधबार , चैत्र २०८०७ महिना अगाडि

आज मौसम बदलीसंगै पूर्वमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

आज बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण देशभरको मौसम बदलि हुनुका साथै कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भएको हो ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहको बताईएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोसी र मधेस प्रदेशका केहि स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनुका साथै कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

विभागकाअनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस र वाग्मती प्रदेशको केहि स्थान र अरु प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको बताईएको छ ।

आजराति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । साथै राति कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपात हुने विभागले जनाएको छ ।