Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मेनपावर कम्पनीले पनि कोरियामा कामदार पठाउन पाउने

०६ मंगलबार , चैत्र २०८०७ महिना अगाडि

मेनपावर कम्पनीले पनि कोरियामा कामदार पठाउन पाउने

बैदेशिक रोजगारीको लागि मेनपावर कम्पनीले पनि नेपालबाट दक्षिण कोरियामा कामदार पठाउन पाउने भएको छ । यसअघि सरकारले मात्रै कामदार पठाउँदै आएकोमा अब कार्यविधि तयार पारेर मेनपावर कम्पनीले पनि कामदार पठाउन पाउने बनाएको हो ।

अब मेनपावर कम्पनीले पनि नेपालबाट रोजगारीको लागि दक्षिण कोरियामा कामदार पठाउन पाउने कार्यविधि तयार भएको छ । यसअघि कोरियाले कृषि तथा पशुपालन, उत्पादनमूलक र सीप बिल्डिङ्ग क्षेत्रमा नेपाली कामदार लैजाँदै आएकोमा पछिल्लो समय वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि लग्ने बताएपछी अब मेनपावर कम्पनीले पनि कोरियामा कामदार पठाउन पाउने छन् ।

दक्षिण कोरियाका लागि सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा पनि नेपाली कामदार जान पाउने छन् । सोहिअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० मार्फत मेनपावरलाई नेपाली कामदार पठाउन बाटो खोलिएको हो ।

नेपाली नागरिकलाई दक्षिण कोरियामा सीपयुक्त श्रमिकको रूपमा ई–७ भिसा प्रणालीमार्फत) रोजगारीको लागि पठाउने गरी यो कार्यविधि बनेको बताईएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क. को उपनियम (१) ले दिएको अधिकारअनुसार कार्यविधि निर्माण गरिएको छ ।

नयाँ कार्यविधि अनुसार ई-७ भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका मेनपावर कम्पनिले नेपाली श्रमिक पठाउन सक्ने बताईएको छ । नेपालका मेनपावर व्यवसायीहरूले कोरियाले निजी क्षेत्र (बीटूबी) मार्फत ई-७ भिसा ल्याउने छन् । अहिले ईपीएसबाट गइरहेका नेपालीहरूको ई-९ भिसा हो भने ई-७ भिसा दक्ष कामदारका लागि भएको बताईएको छ ।