Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मिटरब्याजपीडितका लागि डेस्क स्थापना

०६ मंगलबार , चैत्र २०८०७ महिना अगाडि

मिटरब्याजपीडितका लागि डेस्क स्थापना

मिटरब्याजपीडितको गुनासोलाई तत्काल सम्बोधन गर्न सहजीकरण गर्ने उदेश्यले गृह मन्त्रालयले डेस्क स्थापना गरेको छ । मन्त्रालयले शाखा अधिकृत चिरञ्जीवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोक्दै पीडितको गुनासो तत्काल सम्बोधन गर्न डेस्क स्थापना गरेको हो ।

मिटरब्याजसम्बन्धी पीडितका गुनासाको तत्काल सम्बोधन गर्न शाखा अधिकृत जीएमले जिल्ला प्रशासन कार्यालयहरु तथा सम्बन्धित अन्य निकायसँग समन्वय गर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै पीडितको गुनासा तत्काल सुनुवाइ गर्न जिप्रकाहरूमा पनि अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकेर सहजीकरण डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको बताईएको छ ।

त्यसैगरी मन्त्रालयले जिप्रकाहरूलाई डेस्कमा खटिने कर्मचारीको विवरण कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि निर्देशन दिइएको छ । यसअघि गृह मन्त्रालय फागुन २८ गते मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न ४ बुँदे सहमति गरेको थियो ।

त्यसअघि गृह मन्त्रालयले मिटरब्याजपीडितका समस्या समाधानका लागि सरकारले गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजपीडितका समस्या समाधानका लागि छुट्टै डेस्क स्थापना गर्न सुझाव दिएको थियो ।