Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शिक्षक सरुवाको मापदण्ड निर्धारण, अन्तरजिल्ला सरुवा रोक्का

०६ मंगलबार , चैत्र २०८०७ महिना अगाडि

शिक्षक सरुवाको मापदण्ड निर्धारण, अन्तरजिल्ला सरुवा रोक्का

सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण गरेको हो ।

मन्त्रालयले शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण गर्दै शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको बताईएको छ । मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्णय गरिएको हो ।

मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार हालैको मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको हो ।