Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पक्राउ परेका नेता महरा अस्पताल भर्ना

०६ मंगलबार , चैत्र २०८०२ बर्ष अगाडि

पक्राउ परेका नेता महरा अस्पताल भर्ना

पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । हिजो बिहान कपिलवस्तुबाट पक्राउ परेर काठमाडौँ ल्याईएका उनलाई काठमाडौँ जिल्ला अदालतले स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएपछि अस्पताल भर्ना गरिएको हो ।

काठमाडौँ जिल्ला अदालतको निर्देशन दिएपछि उनलाई सोमबार साँझ नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ । उनले इजलासमा ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएको बताउदै अस्पताल बस्न पाउनु पर्ने माग गरेको बताईएको छ ।

महरालाई विभिन्न रोग लागेका कारण स्वास्थ्य अवस्था ठिक नभएकाले यसअघि उपचार गराउँदै आएको नर्भिक अस्पतालमै लगिएको हो । उनलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।