Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चैत ७ गते मनकामना केबलकार बन्द

०५ सोमबार , चैत्र २०८०२ बर्ष अगाडि

चैत ७ गते मनकामना केबलकार बन्द

चितवनको इच्छाकामना-४ कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म संचालन हुने केबलकार चैत ७ गते बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि चैत ७ गते एकदिन केबलकार बन्द हुने भएको हो ।  

मनकामना केबलकार चैत ७ गते एक दिन बन्द हुने मनकामना दर्शन प्रालिले बताएको छ । एक दिन बन्द गरेर नियमित मर्मतसम्भार गरिने र मर्मत पछी चैत ८ गते देखि नियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।

कुरिनटारबाट १० मिनेटमा पुग्ने गोरखा जिल्लाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि विसं २०५५ सालमा नेपालको पहिलो पटक मनकामना केबलकार सेवा स्थापना गरिएको थियो ।