Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घर छाडेर हिड्नेको संख्या ४४ लाख नाघ्यो

०५ सोमबार , चैत्र २०८०७ महिना अगाडि

घर छाडेर हिड्नेको संख्या ४४ लाख नाघ्यो

राष्ट्रिय तथ्याङ्क कार्यालयलको तथ्याङ्क अनुसार घर छाडेका नागरिकको जनसङ्ख्या ४४ लाख भन्दा धेरै रहेको देखिएको छ । नेपालमा आफ्नो घर छाड्ने नागरिकको जनसङ्ख्या ४४ लाख जना भन्दा धेरै देखिएको हो ।

तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार घरमा अनुपस्थिति जनसङ्ख्या ४४ लाख ५७ हजार ८ सय २८ जना रहेको बताएको छ । जुन कुल जनसङ्ख्याको १५.३% हो ।त्यसमा २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

शहरी क्षेत्रको दाँजोमा ग्रामीण भेगबाट धेरै नेपालीले घर छाडेको तथ्याङ्कमा देखिएको र घर छाडेको जनसङ्ख्यामध्ये २२ लाख ६७ हजार २ सय ३६ जना मुलुकभित्रै एक स्थानबाट अर्को स्थानमा लामो समय बसिरहेको तथ्याङ्कले देखाएको छ । जसमा २१ लाख ९० हजार ५ सय ९२ जना नेपाली भने विदेशमा रहेको तथ्याङ्क उल्लेख छ ।

२०७८ सालको जनगणनाका थप तथ्याङ्कहरू हिजो सार्वजनिक गरिएको र तथ्याङ्क अनुसार सबैभन्दा धेरै हिमाली र पहाडी भेगबाट घर छाड्नेहरूको संख्या धेरै भएको जनाईएको छ । त्यसैगरी 
तराईबाट ११% ले घर छाड्दा हिमालबाट २१.६% र पहाडबाट २०.३% घरमा ६ महिना भन्दा लामो समय घरमा नबसेको देखिएको छ ।

यसरि घर छाड्नेमा पुरुषको जनसङ्ख्या धेरै देखिन्छ भने विदेश जानेको संख्या गत वर्षको जनगणनाहरूको तुलानामा क्रमशः बढ्दै गएको समेत तथ्याङ्कले देखाएको छ ।